आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना « Khabarhub

आप्रवासीको प्रदर्शन रोक्न नसकेपछि ट्रम्पले खटाए समुद्री सेना


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडविरुद्धमा प्रदर्शन जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शन सोमबार पनि कायम नै रहेको छ। यसअघि सो प्रदर्शनलाई रोक्न राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरिए पनि असफल भएपछि सङ्घीय सरकारले समुद्री सेना पनि तैनाथ गरेको छ। प्रदर्शन रोक्न थप सात सय समुद्री सेना तैनाथ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गर्ने नीति सही रहेको जिकिर गरेका छन्। यता राष्ट्रिय सुरक्षा गार्ड प्रदर्शन रोक्न प्रयोग भएको भन्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका छन्। सोमबार क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा र न्युसमले ट्रम्पविरुद्धमा मुद्दा दर्ता गरेका हुन्।

न्युसमले ट्रम्पले आफ्नो अनुमति बिना राष्ट्रिय सुरक्षा गार्ड प्रयोग गरेको भन्दै मुद्दा दर्ता गरेका हुन्। समुद्री सेनाको समेत प्रयोग गरिएपछि न्युसमले यसको आलोचना गरेका छन्। उनले प्रयोग गरिएका सम्पूर्ण सेनालाई आफ्नै देशका बासिन्दाको विरुद्धमा कदम नउठाएमा नायक ठहरिने समेत बताए।

प्रशासनले गिरफ्तार भएका मजदुर नेता डेभिड हेराल्डलाई अदालतमा लैजाने तयारी गरेको छ। महानगरीय बन्दी गृहमा राखिएका उनलाई नजिकको अदालतमा उपस्थित गराइने भएको हो।

प्रदर्शनकारी त्यहीँ रहेको पार्कमा भेला हुँदै उनको रिहाइका लागि आन्दोलन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : १९ बजे

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र