संकटमा सामुदायिक रेडियो, कार्यक्रम र समाचार नै बन्द गर्नुपर्ने अवस्था « Khabarhub

संकटमा सामुदायिक रेडियो, कार्यक्रम र समाचार नै बन्द गर्नुपर्ने अवस्था


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामुदायिक रेडियोको क्षमता अभिवृद्धि तथा नीति संवाद कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संस्था (अकोराव) मा आबद्ध रेडियो सञ्चालकहरूले पछिल्लो समय सामुदायिक रेडियोहरू संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सोमबार र मंगलबार अकोराव बागमती प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी प्रदेश भित्रका रेडियो व्यवस्थापकहरूले सामुदायिक रेडियोहरू आर्थिक संकट रहेको बताए ।

नेवा सामुदायिक एफएमका सञ्चालक कमला महर्जनले आर्थिक संकटका कारण रेडियोबाट नियमित प्रसारण हुँदै आएका कार्यक्रम तथा समाचार बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

त्यसैगरी कार्यक्रम रेडियो उपत्यका सामुदायिक एफएमका श्रीराम तिवारीले पनि सामुदायिक रेडियोलाई समुदायले अपनत्व गर्न नसक्दा समेत संकटमा पर्दै गएको उल्लेख गरे ।

कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै उनले विश्व परिवेशमा प्रविधिमा परिवर्तनले गर्दा दिएको चुनौती तथा रेडियो  प्रविधि प्रति राज्यको चासोमा कमी आउँदा सामुदायिक रेडियोहरू संकटमा परेको बताए ।

त्यसैगरी कार्यक्रममा रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियोमा कार्यरत दीपक घिमिरे सामुदायिक रेडियो व्यवस्थापकहरूले रेडियोलाई दोस्रो पेसाको रूपमा हेर्दा पनि सामुदायिक रेडियो समस्यामा परेको बताए ।

सामुदायिक रेडियोहरू समुदायसम्म पुग्न नसक्दा र समुदाय लक्षित कार्यक्रम,समाचार उत्पादनमा कमी आउनुले पनि सामुदायिक रेडियो प्रतिको माया घट्दै गएको बताए ।

रेडियोहरू  गुणस्तरमा भन्दा संख्यामा वृद्धि हुँदा सामुदायिक रेडियोले आर्थिक संकट झेल्नुपरेको अकोरावद्वारा सञ्चालित  (सिआईएन)नेटवर्कका म्यानेजर दीपक आचार्यले बताए । प्रशिक्षण कार्यक्रमको सहजीकरण गर्दै सामुदायिक रेडियोहरूले पनि समुदाय लक्षित कार्यक्रम उत्पादनमा जोड्दिन नसक्दा संकट खेपिरहेको बताए । 

रेडियो विज्ञ रघु मैनाली, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय सचिव भक्त श्याङताङ, सुमन बस्नेत लगायतले सहभागीहरूलाई तालिममा प्रशिक्षण दिएको अकोराव बागमती प्रदेशका सचिव आशिष् ठकुरीले बताए ।-सुबास बस्नेत/ काठमाडौं

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ४४ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले