कुव्यवस्थाले हराएको जनकपुरधामको इतिहास बल्ल फर्किएको छ : प्रधानमन्त्री ओली « Khabarhub

कुव्यवस्थाले हराएको जनकपुरधामको इतिहास बल्ल फर्किएको छ : प्रधानमन्त्री ओली


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले बल्ल जनकपुरधाममा विश्वविद्यालय स्थापना भएको र पहिलो दीक्षान्त समारोह सम्पन्न भएकोमा आश्चर्य व्यक्त गर्दै यसमा शासकीय स्वार्थपन र कुव्यवस्था दोषी रहेको बताएका छन् । 

राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू पहिलो पटक दीक्षित भएकोमा खुसी व्यक्त गर्दै जनकपुरधाम पहिले देखि नै ज्ञानको भूमि भए पनि यहाँ विश्वविद्यालय अहिले आएर स्थापना हुनुमा कुव्यवस्था दोषी रहेको बताए । उनले अब आउने दिनमा यस्ता कमजोरीहरूलाई वास्तविक प्रजातन्त्रको अभ्यास गर्दै हटाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने ‘यहाँ सत्ययुगमा ज्ञानको छलफल हुन्थ्यो, विद्वताको छलफल हुन्थ्यो, दर्शनको छलफल हुन्थ्यो, त्यसको ४ हजार वर्षपछि हामी फेरी त्यहीँ स्थानमा आई पुगेका छौँ, खुसी लागिरहेको छ ।’ अगाडी भने ‘४ हजार वर्षपछि फेरी हामी त्यही ठाउँमा पुगेकोमा खुसी छु, बीचमा हाम्रो इतिहास हराई सकेको थियो , केही केही विद्वान मात्रै निस्किए विद्यापतिजस्ता यसमा शासकीय कुव्यवस्थाको कमजोरी हो ।’

प्रधानमन्त्री ओलीले हाम्रो शिक्षाको परम्परा प्राचीन रहे पनि त्यसको प्रचार प्रसारमा हामी पछाडि परिरहेको बताए । उनले भने ‘हाम्रो पहिलो व्यवस्थित विश्वविद्यालय २८ सय वर्ष अगाडी थियो जबकि पश्चिमा विश्वविद्यालयको परम्परा साढे ४ सय वर्ष पुरानो हुनुले पनि हाम्रो शिक्षा प्रणाली प्राचीन रहेको कुरालाई प्रमाणित गर्छ ।’

कतिपयले हाम्रो पूर्वीय दर्शन अन्धविश्वासमा आधारित रहेको झुटा कुरा गर्छ तर पूर्वीय दर्शन अन्धविश्वासमा आधारित नभएर सिद्धान्तमा आधारित दर्शन रहेको प्रधानमन्त्री ओलीले दावी गरे । 

प्रधानमन्त्री ओलीले राजर्षि जनक विश्वविद्यालयको विषयमा चर्चा गर्दै भने ‘अहिले थोरै विद्यार्थीहरू छन् तर सफलताका लागि काफी छ, किनभने ठूला ठूला यात्राको आरम्भ पहिलो पाइलाबाट हुन्छ ।’ त्यसैले यो आरम्भलाई शक्तिको रूपमा परिणत गर्दै अगाडी बढ्न आग्रह गरे ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ४ : ५८ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी