गण्डकीमा एक्लिँदै बाबुराम « Khabarhub

गण्डकीमा एक्लिँदै बाबुराम


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

पोखरा– बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । 

माओवादी केन्द्रको पोखरा महानगर सम्मेलनका क्रममा प्रचण्ड पोखरा आइपुगेका हुन् । त्यही अवसरमा नेताद्वय थापा र क्षेत्री आफ्‌नो पुरानै पार्टीमा फर्किए । माओवादी नेसपाको गण्डकी अध्यक्षभन्दा अघि पार्टी केन्द्रीय सचिवालय सदस्य पनि भइसकेका हुन् । उक्त पार्टीको हालै भएको महाधिवेशनमा थापाको टिमले नेसपा माओवादीसँग नजिकिँदै जानुपर्ने लगायत अवधारणा पेस गरेका थिए । तर उनको लाइन महाधिवेशनले अस्वीकार गरेको थियो । 

माओवादी तत्कालीन माओवादी जनयुद्धमा जनमुक्ति सेनाको बटालियन कमाण्डर, प्लाटुन कमिसार समेत थिए । पार्टी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उनी राजनीतिक क्षेत्रमा बस्न रुचाए । 

जिल्ला अध्यक्ष त्यागेर माओवादी केन्द्र फर्किएका राजु जनादेश साप्ताहिकको कार्यकारी सम्पादक भइसकेका हुन् । माओवादी जनयुद्धमा भूमिगत रुपमा लागेका उनको उक्त पार्टीसँगको निकटता विद्यार्थीकालबाटै सुरु भएको थियो । विद्यार्थी फाँट हुँदै भूमिगत भएका उनलाई जनयुद्धकै बेला नेपाली सेनाले गिरफ्तार गरेको थियो । उनी धादिङको सैनिक ब्यारेक तोडेर निस्कन सफल भएका थिए ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : २७ बजे

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

पोखराका आयुर्वेद अस्पतालमा गैरकानुनी औषधि ! 

गण्डकी– पोखरामा सञ्चालित आयुर्वेद अस्पताल-क्लिनिकमा गैरकानुनी तथा गुणस्तरहीन औषधि निर्वाध

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न