नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट « Khabarhub

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालविरुद्ध दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेदरल्याण्ड्स निरीह बनेको छ ।

नेपाली बलरहरूले एकपछि अर्को विकेट लिइरहँदा नेदरल्याण्ड्सका एकपछि अर्का ब्याट्सम्यान पेभेलियन फर्किरहेका छन्‌ ।

३६ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै नेदरल्याण्ड्सले १४८ रन जोडेको छ । नेपालका बलर सन्दीप लामिछानेले ३१.६ ओभरमा नेदरल्याण्ड्सका तेजा निदामन्नरुलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराएका हुन्‌ ।

नेदरल्याण्ड्सका ओपनर म्याक्स’ओ डोडले ३.२ ओभरमा जम्मा चार रन जोड्दा नेपालका बलर नन्दन यादवले ललित राजवंशीको हातबाट क्याचआउट गराएका थिए ।

अर्का ओपनर मिचेल लेभिट क्रिजमा ११.३ ओभरसम्म टिके पनि जम्मा २७ रन बनाउँदै सन्दीप लामिछानेलाई लेग विफोर विकेट दिए ।

३६ रन जोडेका वेस्ली बारेसीलाई ललित राजवंशीले बसीर अहमदको हातबाट २०.२ ओभरमा क्याचआउट गराए । २१.४ ओभरमा लामिछानेले जेच लियोनको लेग विफोर विकेट लिए ।

दोस्रो विकेटका रूपमा राजवंशीले ३०.१ ओभरमा नेदरल्याण्ड्सका स्कट इडवार्डको विकेट लिए । ४७ बलमा ३० रन जोडेर इडवार्ड पेभेलियन फर्किएका थिए ।

३१.६ ओभरमा लामिछानेले नेदरल्याण्ड्सको छैठौँ विकेट लिए । ३६ बलमा १७ रन जोडेका तेजा निदामनुरु सन्दीपको बलमा कप्तान रोहित पौडेलबाट क्याचआउट भएका थिए ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १० : ४३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज