भन्सार छलेर भित्र्याइएका सामान बरामद | Khabarhub Khabarhub

भन्सार छलेर भित्र्याइएका सामान बरामद


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका  १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर– १० बजरङ्गस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यको कपडा बरामद गरेको छ ।

प्रहरीले बिआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर एक्सप्लेन्डर भारतीय मोटरसाइकल पनि बरामद गरेको छ । बरामद गरिएका कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्रले वीरगञ्ज महानगर– १० तथा १६ बाट विभिन्न सीमानाकाबाट दुई लाख ४८ हजार १०१ बराबरको कपडा तथा मसला बरामद गरेको छ ।

मङ्गलबार नै सशस्त्र प्रहरीले बिन्दवासिनी गाउँपालिका प्रसौनिबाट भारतबाट अवैध रूपमा भन्सार छली बिआर२२यु १४३२ नम्बरको मोटरसाइकलबाट ल्याउँदै गरेको २३ हजार ३८० मूल्यका किरानाका सामान बरामद गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ९ : ४५ बजे

पल ‘महाराजधिराज’ बाट निक्लिए कि निकालिए ?

काठमाडौं – नायक पल शाह फिल्म ‘महाराजधिराज’ बाट बाहिरिएका छन्

तीन दलको सहमति : गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने

काठमाडौं- गृहमन्त्री रमेश लेखक त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा

बिरामीको विश्वास जित्दै बाजुरा अस्पताल, दिन थाल्यो शल्यक्रियाबाटै प्रसूति सेवा 

धनगढी– दुर्गमका अस्पताललाई रिफर सेन्टरको आरोप लाग्छ । ती अस्पतालको काम

कास्की कांग्रेसको चिन्तन : पोखरा कस्तो बनाउने

पोखरा– सुन्दर र पर्यटकीय नगरीका रूपमा परिचित छ पोखरा । प्राकृतिक

भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

काठमाडौं– प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु