सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख | Khabarhub Khabarhub

सदनको अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा देखिएको अवरोध खुलाउन सभामुख देवराज घिमिरे दलहरूका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् । 

प्रतिपक्षमा रहेका दलहरूको अवरोधका कारण संसद् बैठक सुचारु हुन नसकेपछि उनी बुधबार पनि प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् । 

प्रतिपक्षी दलहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि समिति गठनको माग गर्दै आएका छन् । 

प्रतिपक्षी दलहरूको मागअनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न सरकार तयार देखिँदैन । भिजिट भिसा प्रकरणलाई कांग्रेस–एमालेले सामान्य रुपमा लिएर गृहमन्त्री लेखकको बचाउ गरिहरेका प्रतिपक्षको आरोप छ ।

जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि बोलाएका थिए । प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ २० देखि २६ गतेसम्म संसद् बैठक लगातार छ दिन अवरुद्ध भइसकेको छ । सभामुख घिमिरेले बुधबारका लागि फेरि बैठक बोलाएका छन् ।

यसअघि प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारका बेला तत्कालीन प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै दुई महिनाको अवधिमा २२ वटा संसद् बैठक अवरोध गरेको थियो ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ४२ बजे

सिप मेलामा सहभागी ६२ जनाले गरे रक्तदान 

काठमाडौं– काठमाडौंको खुलामञ्च टुँडिखेलमा सञ्चालित सिप मेलामा आयोजित रक्तदान कार्यक्रममा

गृहमन्त्रीको तर्क- म न्यूनतम् नैतिक आचरणमा बस्ने मान्छे हो, भिजिट भिसा प्रकरण समाचार पढेर थाहा पाएँ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नोविरुद्ध नियोजित ढंगले

श्रमिकको न्यूनतम पारिश्रमिक कम्तीमा ४० हजार पुर्‍याउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको न्यूनतम पारिश्रमिक

किन आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी ?

काठमाडौँ – सरकारले आगामी बजेट २०८२/८३ मार्फत् सुनमा दुई प्रतिशत

रास्वपा सांसदहरूलाई होच्याउँदै लेखकले भने : सा-सानो कक्षमा पढ्दै गरेका नानीबाबु

काठमाडौं- गृहमन्त्री रमेश लेखकले आफ्नो राजीनामा माग्ने राष्ट्रिय स्वतन्त्र पार्टीका