गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा « Khabarhub

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयमा सार्वजनिक बिदा दिएको छ । आजदेखि शुक्रबारसम्म महानगरले सार्वजनिक बिदा दिएको हो । 

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।  

बिदाको अवधिमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकमा अनुरोध गरे।

चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ । 
 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १ : ३७ बजे

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार

नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रम

संसद्‍मा उभिए हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि