समाचार डिलिट गर्न दिएको आदेशप्रति महासंघको आपत्ति « Khabarhub

समाचार डिलिट गर्न दिएको आदेशप्रति महासंघको आपत्ति


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंको आदेश संविधानको व्यवस्था, मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाको भन्दै आपत्ति जनाएको छ । 

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै अदालतले मंगलबार नेपालखबर र बिजमाण्डुलाई समाचार ‘डिलिट’ गर्न दिएको आदेश संविधानविपरीत भएको भन्दै आपत्ति जनाएको हो । 

‘लोकतन्त्रमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्नेमा महासंघ दृढ छ र सम्मान समेत गर्दछ,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ ।’

महासंघले अदालतलाई आदेशको पुनर्विचार गर्न निकायसँग आग्रह पनि गरेको छ ।

 ‘अन्यथा त्यसविरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने प्रष्ट पार्दछ,’ महासंघले भनेको छ । पत्रकार महासंघले सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सञ्चारमाध्यमकै हुने भन्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : ०७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल