‘पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी खारेज होस्’ « Khabarhub

‘पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी खारेज होस्’


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले समाचार हटाउन र पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । 

चौतारीले बुधबार विज्ञप्ति जारी गरेर बिजमाण्डु डटकम र नेपाल खबर डटकमलाई प्रकाशित समाचार हटाउन जिल्ला अदालतले जारी गरेको आदेश र समाचारकै विषयमा पत्रकार  पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

‘प्रेस चौतारी नेपालको दृढ विश्वास छ– सम्मानीत अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्मअनुरूप सुधार गर्नेछ,’ महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तै, नेपाल प्रहरीको साईबर ब्युरोले पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्शाउनेछ ।’

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  २ : १५ बजे

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार

नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रम

संसद्‍मा उभिए हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि