सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग | Khabarhub Khabarhub

सुन र हिरा-जवाहरतको विलासिता कर र भ्याट खारेज गर्न माग


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीले अर्थमन्त्री विष्णु पौडेलसँग सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको भ्याट खारेज गर्न माग गरेका छन् ।
 
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री पौडेलसँग विलासिता कर र भ्याट खारेज गरिदिन आग्रह गरेको हो । 

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष ०८२-०८३ को बजेट भाषणमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरा-जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाइएको घोषणा गरेका थिए । 

सरकारले बजेट भाषणमार्फत गरेको घोषणाले आम सुनचाँदी व्यवसायीमा परेको समस्या अर्थमन्त्री पौडेलसमक्ष राखिएको संयोजक रामुदामले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ०० बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको