बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम | Khabarhub Khabarhub

बर्षमानले भने- सदनको गतिरोध अन्त्य गर्न हामी नरम, सरकार गरम


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले सरकार जिम्मेवारपूर्वक प्रस्तुत भए सदनको गतिरोध अन्त्य हुने बताएका छन् । 

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा देखिएको गतिरोध अन्त्य गर्न प्रतिपक्षी लचिलो भएर प्रस्तुत भएको भन्दै सत्तापक्ष र सरकार पनि जिम्मेवारपूर्वक प्रस्तुत भए समस्या समाधान हुने बताएका हुन् । 

आफूहरू नरम भए पनि सरकार गरम भएको उनको भनाइ छ । पुनले भिजिट भिसा प्रकरण प्रतिपक्षीको मात्रै नभई आम नागरिकको सरोकारको विषय भएकाले छानबिनमा सरकारको प्रतिबद्धता अनिवार्य रहेको धारणा राखे । 

बजेटमाथि छलफल हुनुअघि भिजिट भिसा प्रकरणलाई सरकारले सल्टाउनुपर्ने उनले बताए ।  

पुनले संसद् खोल्न सत्तापक्ष बढी जिम्मेवार बन्न सक्नुपर्ने बताए  । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ५ : ४० बजे

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले

कर्णालीका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काँक्रेविहार- कर्णाली प्रदेशका केही जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

काठमाडौं- ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन्

हुँदैन मासुजन्य पशुपन्छीको परीक्षण

ढोरपाटन- बागलुङमा हरेक वर्ष चाडपर्वका अवसरमा ठूलो परिमाणमा मासुका लागि

नेपालले वेस्ट इन्डिजलाई दियो १ सय २३ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत तेस्रो