बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा « Khabarhub

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उनको भनाइ छ ।

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ती सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भुमेश्वर शर्माले बताए। 

गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा नौवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए । पालिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ती सबैबाट खोप सेवा दिइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ५८ बजे

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीलाई पद

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन

‘सीमा विवाद होइन, लिपुलेक-लिम्पियाधुरा-कालपानी अतिक्रमित भूमि हुन्’

काठमाडौं- दार्चुलाबाट निर्वाचित नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

नयाँ दिल्ली- घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि

ट्रम्पसँगै चीन पुगे दर्जन अमेरिकी खर्बपति : एलन मस्कदेखि एनभिडियाका जेन्सन हुआङ

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा अर्बपति अमेरिकी कार्यकारीहरूको