अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै « Khabarhub

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ।

बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ।

उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ।

२४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। एकजना खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन्।

यसैगरी, एक महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईले उम्मेदवारी दिँदा महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलको उम्मेदवारी परेको छ।

अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले छिटोछरितो बनाउने र कागजको मतपत्रको झन्झट हटाउनका लागि विद्युतीय मेसिनबाट मतदान गर्न लागिएको जानकारी दिए। राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालले निर्वाचनमा ४३ वटा मेसिन प्रयोग गरिने जानकारी दिए।

महाधिवेशनमा करिब एक हजार ५४३ जना प्रतिनिधिले मतदान गर्नेछन्। हाल विभिन्न पदमा ५१९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ। अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ। महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ५ : २५ बजे

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का

सरकारको नीति-कार्यक्रममा महिला र बालबालिकाका लागि सीमित योजना

काठमाडौं– सोमबार सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति