टेस्ट विश्व च्याम्पियनसिप फाइनलमा दक्षिण अफ्रिकाको खराब सुरुवात « Khabarhub

टेस्ट विश्व च्याम्पियनसिप फाइनलमा दक्षिण अफ्रिकाको खराब सुरुवात


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा खराब सुरुवात गरेको छ।

लर्ड्समा बुधबार सुरु भएको टेस्टको पहिलो दिन १४ विकेट खसेका छन्। अस्ट्रेलियाले पहिलो पारीमा बनाएको २१२ रनको जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४३ रनमा ४ विकेट गुमाएको छ।

दोस्रो दिन कप्तान तेम्भा बभुमाले तीन तथा डेबिट बेडिङघमले आठ रनबाट पारी अघि बढाउने छन्।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको पनि सुरुवात खराब थियो। अस्ट्रेलियाले ६७ रनमा चौथो विकेट गुमाएको थियो। स्टेभन स्मिथले ६६ तथा बेउ वेबसेटरले ७२ रन जाडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ५ तथा मार्को जेन्सनले ३ विकेट लिए।

दक्षिण अफ्रिकाको पारीलाई सुरुवातमा नै ध्वस्त पार्ने क्रममा मिचेल स्टार्कले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ०६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द