टेस्ट विश्व च्याम्पियनसिप फाइनलमा दक्षिण अफ्रिकाको खराब सुरुवात « Khabarhub

टेस्ट विश्व च्याम्पियनसिप फाइनलमा दक्षिण अफ्रिकाको खराब सुरुवात


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलमा खराब सुरुवात गरेको छ।

लर्ड्समा बुधबार सुरु भएको टेस्टको पहिलो दिन १४ विकेट खसेका छन्। अस्ट्रेलियाले पहिलो पारीमा बनाएको २१२ रनको जवाफमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४३ रनमा ४ विकेट गुमाएको छ।

दोस्रो दिन कप्तान तेम्भा बभुमाले तीन तथा डेबिट बेडिङघमले आठ रनबाट पारी अघि बढाउने छन्।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाको पनि सुरुवात खराब थियो। अस्ट्रेलियाले ६७ रनमा चौथो विकेट गुमाएको थियो। स्टेभन स्मिथले ६६ तथा बेउ वेबसेटरले ७२ रन जाडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले ५ तथा मार्को जेन्सनले ३ विकेट लिए।

दक्षिण अफ्रिकाको पारीलाई सुरुवातमा नै ध्वस्त पार्ने क्रममा मिचेल स्टार्कले दुई विकेट लिएका छन्।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ०६ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच