पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति | Khabarhub Khabarhub

पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पत्रकार दिलभूषण पाठकलाई जारी गरिएको पक्राउ पुर्जीप्रति आपत्ति प्रकट गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत रहेको जनाएका छन् । 

उनले सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र छर्लङ्ग भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘समाचार सम्प्रेषण गरेकै भरमा वरिष्ठ सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी गर्नु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र कानूनी राज्यको मान्यता विपरीत हो ।सामान्य सोधपुछ नै नगरी पक्राउ पुर्जी जारी गर्नुले वर्तमान सरकारमा प्रतिशोधात्मक र सर्वसत्तावादी चरित्र रहेको देखिन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ८ : ५९ बजे

फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु

काठमाडौं – फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ

महानवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

काठमाडौं – आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन

आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन