दोलखाका सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा, विलासिता कर खारेजीको माग  « Khabarhub

दोलखाका सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा, विलासिता कर खारेजीको माग 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

दोलखा– सरकारले नयाँ बजेटमा सुन कारोबारमा थप दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर तोकेपछि दोलखाका सुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाभर सञ्चालनमा रहेका करिब चार दर्जन सुनचाँदी पसल बिहीबार बिहानैदेखि बन्द गरिएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह-कोषाध्यक्ष दीपक धनुकले बताए ।

सुन व्यवसायीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई कर हटाउनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएर बिहीबारदेखि दबाब स्वरुप व्यवसाय बन्द गरेको उनको भनाइ छ ।

बिहानैदेखि पसल बन्द गरेर आन्दोलनमा रहेका मैनापोखरीका सुन व्यवसायी चक्र घतानीले राज्यले नेपाली सुन व्यवसायीको मर्म विपरीत छिमेकी राष्ट्र भारतमा हुने अवैध सुन कारोबारलाई प्रोत्साहन गर्न खोजेको बताए ।

छिमेकी देश भारतमा नेपाली बजारको भन्दा ८ हजार सस्तोमा पैठारी सुन कारोबार हुँदा नेपाली बजारमा सुन कारोबार हुन नसकेको समयमा सरकारले प्रष्ट नीति र नियमावली निर्माण गर्नुको साटो विलासिता कर वृद्धि गरेर सुनको कारोबार रोक्न खोजेको बताए ।

व्यवसायीहरूले तत्काल वृद्धि गर्ने भनिएको दुई प्रतिशत विलासिता कर, १३ प्रतिशत हिरा पत्थर कर फिर्ता लिन माग गर्दै सुनचाँदीको कारोबारका लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने सुनचाँदी व्यवसायी संघ जिल्ला शाखा दोलखाका अध्यक्ष अनिल रिजालले बताए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १० : २५ बजे

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का

सरकारको नीति-कार्यक्रममा महिला र बालबालिकाका लागि सीमित योजना

काठमाडौं– सोमबार सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति