२२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर « Khabarhub

२२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । 

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायी विरुद्ध दायर गरेको हो । 

कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१-८२ गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना  व्यवसायी विरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।

उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१-८१ मा ४४ जना व्यापारी विरुद्ध मुद्दा दायर गरेको थियो । अनुगमनका क्रममा संकलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकुल हुने गरी मिसाबट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायी विरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए । 

आव २०८१-८२ मा सो कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नवीकरण  ४८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐन बमोजिम खाद्य तथ दाना नमूना संकलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १८३ संकलन गरी नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए। 

नमूना विश्लेषण गर्दा प्रतिकुल आएका ८५ नमूनाहाई नियामनुसार कानुनी प्रक्रियाअघि बढाउने, पुनःजाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ । 

सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायतका अखाद्य भएका रु एघार लाख ३३ हजार मूल्य बराबरको वस्तुहरू जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । 

होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौरहा चितवन लगायतका स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुरेन्टकलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । 

सो कार्यालयले विभिन्न कार्यक्रम गरी जेठ १८ गतेदेखि २४ गतेसम्म विश्व खाद्य स्वच्छता दिवससमेत मनाएको छ ।
 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : १९ बजे

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन