ट्रक र कार ठोक्किएर दुर्घटना – ५ जनाको मृत्यु « Khabarhub

ट्रक र कार ठोक्किएर दुर्घटना – ५ जनाको मृत्यु


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । ट्रक र कार ठोक्किँदा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

कावासोती ८ को खरकट्टा जंगलमा राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु भएका मध्ये नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच  नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ०० बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच