सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन | Khabarhub Khabarhub

सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान राजमार्गमा ३२ वर्षीय बुद्ध लिम्बुको एक सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सवारी साधनले ठक्कर दिँदा लिम्बुको ज्यान गएको चन्द्रपुर–१ का वडाध्यक्ष बलराम राउतले जानकारी दिए । ठक्कर दिने सवारी साधनको पहिचान नहुँदासम्म स्थानीयले घटनास्थलमै लास राखेर राजमार्ग अवरुद्ध गरेका थिए । २४ घण्टाभित्र ठक्कर दिने सवारी साधन पत्ता लगाउने सहमति भएपछि अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष राउतले जानकारी दिए । 

अहिले सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३१ बजे

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको

स्कुटर दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते

कैलाली– कैलालीको धनगढी उपमाहनगरपालिका–१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन

महिला नेतृत्वको सहकारीमार्फत ३५० खसीबोका बिक्री

नवलपरासी– नवलपरासीको हुप्सेकोट गाउँपालिका– ४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं– ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक