कौरा संरक्षण गर्न प्रतियोगिता « Khabarhub

कौरा संरक्षण गर्न प्रतियोगिता


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाको भिमाद नगरपालिका-१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन गर्दै युवापुस्तालाई यसप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको हो । 

लखन थापा मेलमिलाप युवा क्लबले कान्छीबजार मेलाका अवसरमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जाको सहभागितामा प्रतियोगिता सम्पन्न गरेको क्लबका पूर्वअध्यक्ष सन्तराम थापाले जानकारी दिए। 

मगरको बाहुल्यता रहेको यस क्षेत्रमा कौरा नृत्य प्रख्यात रहेकाले यसको संरक्षण र संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको उनले बताए। उनले भने, ‘कौरा मगर जातिको संस्कृति हो, यसलाई लोप हुन दिनु हुँदैन भनेर संरक्षणमा जुटेका हौँ ।’

प्रतियोगितामा ऋषिङ सांस्कृतिक समूह प्रथम, नेपाल मगर सङ्घ भिमाद इकाई द्वितीय, सिरौले कौरा समूह तृतीय र चित्रे कौरा समूह चौथो भएका छन् । विजयीलाई क्रमशः रु ६० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । 

विजयीलाई पुरस्कार वितरण गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवाहरूले कौरा संरक्षणका लागि थालेको पहल उदाहरणीय रहेको बताए। कौराको उत्पत्ति तनहुँको ऋषिङबाट भएको जनाउँदै उनले पालिकाले पनि मौलिक परम्परा र संस्कृति संरक्षण र प्रवर्द्धनमा समन्वय गर्दै आएको उल्लेख गरे।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ५६ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव