कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै ! « Khabarhub

कुलमान भन्छन्‌ – लोडसेडिङ हटेपनि धेरै क्षेत्र अँध्यारोमै !


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सर्लाही – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटे पनि देशका धेरै क्षेत्रमा अझै विद्युत नपुगेको बताएका छन्‌ ।

लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा घिसिङ बोल्दै थिए ।

घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको, तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रङ्कलाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइएको बताए ।

उनले भने, ‘लोडसेडिङको अँध्यारो हटेको छ, तर अझै धेरै क्षेत्रमा अँध्यारो छ, त्यसलाई हटाएर उज्यालो बनाउनुपर्नेछ, हरेक वर्ष १० हजार मेगावाट विद्युत निर्यात गरी वार्षिक रूपमा करिब सात खर्ब रुपैयाँ आम्दानी गर्न सकिन्छ, यो देशको कुल गार्हस्थ उत्पादनको २० प्रतिशतको हाराहारीमा हुन्छ, स्वच्छ एवम् हरित ऊर्जाको रुपमा रहेको जलविद्युतको प्रयोग गरी पेट्रोल, डिजेल, खाना पकाउने ग्याँसजस्ता प्रदूषित ऊर्जालाई प्रतिस्थापन गर्न सक्यौं भने हरित पर्यटनका साथै कृषिको विकास गर्न सकिन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ३६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल