आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह « Khabarhub

आईटीई हङकङ २०२५ : विश्वभरका पर्यटन व्यवसायीलाई नेपालसँग जोडिन आग्रह


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हङकङ– नेपाल पर्यटन बोर्डले विश्वभरका पर्यटन व्यवसायीहरूलाई नेपालसँग जोडिन आग्रह गरेको छ।  बिहीवारदेखि हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा सुरु भएको अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ-२०२५ मा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न निम्तो दिएका हुन्।

वरिष्ठ प्रबन्धक भट्टराईले नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रस्तुतीकरणसमेत गरेका थिए। १५ जुन सम्म जारी रहने प्रदर्शनीमा बोर्डले नेपालको प्याभिलियन राखेर हङकङ र क्षेत्रीय पर्यटन बजारमा नेपाली गन्तव्यहरूको बजारीकरण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

नेपाली प्याभिलियनमा प्राचीन सम्पदा, हिमाली शिखर, दुर्लभ वन्यजन्तु, सांस्कृतिक अनुभव र साहसिक गतिविधिहरूलाई आकर्षक रुपमा प्रस्तुत गरिरहेको छ। नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा। बिन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका थिए। बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न उनले प्रोत्साहन गरे।

नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज ,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक, सातोरी एड्भेन्चर्स, जुगल हलिडेज र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रा.लि. सहभागी छन् ।

बोर्डले विश्वका विभिन्न मुलुकमा पुगेर नेपालका सांस्कृतिक सम्पदा, हिमाली दृश्य र रोमाञ्चक साहसिक गतिविधि प्रदर्शन गरिरहेको छ। यस्ता गतिविधिले नेपालको पर्यटन प्रवर्द्धन र विदेशी मुद्राको आर्जनमा राष्ट्रलाई टेवा पुर्‍याउने विश्वास लिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ६ : ४० बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव