‘हामीले गृहमन्त्रीको राजीनामा मागेको होइन, छानबिन समिति खोजेको हो’ « Khabarhub

‘हामीले गृहमन्त्रीको राजीनामा मागेको होइन, छानबिन समिति खोजेको हो’


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले छानबिन गर्नुपर्ने आफूहरूको मागमा सत्तापक्षले सकारात्मक प्रतिबद्धता जनाएको जानकारी दिएका हुन् । 

उनले शुक्रबारसम्म प्रतिपक्षी र सत्तापक्षबीच सहमति हुने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थप छलफल गर्नुपर्ने बताएपछि बिहीबारको सदन केहीबेर बसेर स्थगित गरिएको उनले बताए । 

प्रतिपक्षी दलहरुबीच पनि सकारात्मक कुराकानी भइरहेको उनको भनाइ छ । प्रचण्डले समिति बनाएपछि तत्काल छानविन सुरु हुने भन्दै अख्तियारसँग कुनै सरोकार नरहेको जिकिर गरे । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ४८ बजे

प्रधानमन्त्रीले संसद् ‘बङ्क’ गरेको भोलिपल्ट राष्ट्रपतिले बोलाए सभामुखलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पढिरहेका

मिरजको नेतृत्वमा देशभर युवा सञ्जाल गठन हुँदै, चितवनमा तोकियो जिम्मेवारी

चितवन- युवा शक्तिलाई संगठित गर्दै वैकल्पिक राजनीतिक शक्तिका स्थापित गर्ने

अपहरण मुद्दामा श्रममन्त्री यादवका ड्राइभर पक्राउ, युवकलाई नाङ्गै बनाएर थुक चाट्न लगाएका थिए

काठमाडौं- सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी मुद्दामा

पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’ सम्झौता

डुम्रे– तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको

एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनित

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव