मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु | Khabarhub Khabarhub

मकवानपुरमा चट्याङ लागेर बालकको मृत्यु


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

बागमती– वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु भएको छ ।  एक जना घाइते भएका छन् । 

चट्याङ लागेर कैलाश गाउँपालिका–९ थामलेक निवासका १४ वर्षीय कान्छा गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। आफ्नै घर बाहिर खाटमा बसिरहेका अवस्थामा चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । 

यस्तै, चट्याङ लागेर बागमती गाउँपालिका–२ देउराली गाउँका ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ घाइते भएका छन् । आफ्नै घरमा बसिरहेका अवस्थामा उनी चट्याङ लागेर घाइते भएका हुन् । उनको राईगाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। 

चट्याङ लागेर स्थानीय कमलजङ्ग रानामगरको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ५८ बजे

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी– मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादशैँ) पर्वको अवसरमा

जिप दुर्घटनामा एकजनाको मृत्यु, तीन घाइते

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको जिप दुर्घटना हुँदा

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुवामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

चितवन– मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ

स्वस्थ मासुको छनोट कसरी गर्ने ?

दशैँको  मनोविज्ञान राम्रो लाउने, मीठो खानेसँग जोडिन्छ । मिठोसँग खाएको