अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट « Khabarhub

अस्ट्रेलियाको बलिङ सामु धरमरायो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

लण्डन – अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाका लागि टेस्ट विश्व च्याम्पियनसिपमा पनि धक्का लागेको छ।

लण्डनमा जारी टेस्ट विश्व च्याम्पियन सिपको उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पहिलो पारीमा १३८ रनमा सीमित गरेको छ।

बिहीबार दोस्रो दिनको खेल सकिँदा दोस्रो पारी सुरु गरिसकेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। पहिलो पारीमा २१२ रन जोडेको अस्ट्रेलियाले २१८ रनको अग्रता लिएको छ। दुई विकेट बाँकी छ।

तेस्रो दिन मिचेल स्टार्कले १६ तथा नाथन लियोनले १ रनबाट खेल्न सुरु गर्ने छन्। दक्षिण अफ्रिकाका कासिगो रबाडा र लुंगी एनगीडीले समान ३ विकेट लिए। अस्ट्रेलियाका एलेक्स क्यारीले सर्वाधिक ४३ रन जोडे। साथै मार्नस लाबुसाङ्गेले २२ रन जोडे।

यसअघि दक्षिण अफ्रिकाको पारी ध्वस्त गर्ने क्रममा कप्तान प्याट कुमिन्सले ६ विकेट लिए। १८ दशमलव १ ओभर बलिङ गरेका उनले २८ रन मात्र खर्चिए। दक्षिण अफ्रिकाका डेभिड बेडिङगमले ४५ रन जोडे। कप्तान तेम्भा बभुमाले ३६ रनको योगदान गरे।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ६ : ४६ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन