सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ - ‘राम्रो डायलग र छलफल भयो’ | Khabarhub Khabarhub

सगरमाथा संवादको उपलब्धि के ? संसदीय समितिमा आरजुको जवाफ – ‘राम्रो डायलग र छलफल भयो’


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री तथा नेपाली काङ्ग्रेसकी नेतृ डा. आरजु राणा देउवाले जेठ पहिलो साता आयोजित ‘सगरमाथा संवाद’मा नेपालको मामिलामाथि राम्रो डायलग र छलफल भएको बताएकी छिन् ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मङ्गलबार जवाफ दिँदै परराष्ट्रमन्त्री देउवाले जम्माजम्मी ७२ दिनको तयारीबीच कार्यक्रम आयोजना गरे पनि नेपालको मामिला विश्वव्यापी रूपमा म्यापिङ गर्न सकेको दाबी गरिन्‌ ।

सरकारले निकै महत्वसाथ यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गरेको थियो । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ मूल विषय राखिएको संवादमा १२ देशको सरकारका प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

तर, सरकारले ‘सगरमाथा संवाद’ का नाममा बजेट खर्च गरे पनि कुनै पनि देशका राष्ट्रप्रमुखलाई निम्त्याउन नसकेको भन्दै आलोचना खेपेको थियो । कार्यक्रममा १७५ विदेशी प्रतिनिधि सहभागी भएका परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

सोही सगरमाथा संवाद आयोजनालाई लिएर समिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्‌ शिशिर ढकालले परराष्ट्रमन्त्री देउवालाई आजको बैठकमा प्रश्न सोधेका थिए ।

खनालको प्रश्न थियो, ‘हामीले सगरमाथा संवाद गर्‍यौँ, एक्सन त गर्‍यौँ, त्यसको कि आउटकम के पायौँ ? त्यसको फलोअप मेकानिजमहरू कसरी विकास गरिरहेका छौँ ? त्यो खाली कर्मकाण्डी इभेन्टमात्रै कि त्यसबाट हामीलाई नतिजा पनि आउँछ ? मन्त्रालयसँग स्पष्ट कार्यदिशा छ कि छैन ?’

जवाफमा मन्त्री देउवाले संवादको मूल विषय ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ लाई नेपालको एकदमै महत्वपूर्ण मामिलाका रूपमा विश्वव्यापी रूपमा म्यापिङ गर्न सकेको दाबी गरिन् ।

‘विश्वव्यापी रूपमा यसको रिकग्निसन भएको छ । यसमा युनेपदेखि युएनको सेक्रेटरी जनरलको अफिसदेखि एडीबी, सबै ग्लोबल लस एण्ड ड्यामेज फण्ड सबैका साथीहरूले यहाँ सहभागीता जनाएर नेपालको वास्तविक मुद्दा के हो, नेपालले भोकलाइज गरेको कुरा के हो भन्ने विषय उच्च तहसम्म सुनुवाइ भएको जस्तो लागेको छ,’ देउवाले भनिन्‌ ।

बहुपक्षीय फोरमहरूमा पनि नेपालले गएर आफ्ना कुरा राखिरहेको र संवाद कार्यक्रममा पनि तथ्यमा आधारित कुराहरूलाई नै फोकस गरेर रिसर्च पेपरहरू राखिएको देउवाले उल्लेख गरिन्‌ । संवाद कार्यक्रममा राम्रो डायलग (संवाद) र छलफलहरू भएको उनको भनाइ रह्यो ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ३८ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका