देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक  « Khabarhub

देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आगामी असार १५ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए । कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो । 

उक्त बैठकबाट कांग्रेसले ललितपुरको गोदावरीमा ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकका सबै प्रस्तावहरू परिमार्जनसहित पारित गरेको थियो ।

यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो । तर, ती बैठकहरूमा प्रायः शोक प्रस्तावहरू पारित हुने गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  २ : ५५ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने