काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे « Khabarhub

काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्त्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताएका हुन् ।

‘काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,’ मन्त्री पाण्डेले भने, ‘यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित राख्नुभएको छ। दिगो विकासका लागि हस्तकलाले अतुलनीय योगदान दिएको छ।’

हस्तकला निर्माणका लागि साधना र धैर्यता आवश्यक हुने उल्लेख गर्दै मन्त्री पाण्डेले यस कार्यका लागि मानसिक तयारी समेत जरुरी हुने बताए । ‘हस्तकला केवल शारीरिक श्रम होइन, मानसिक कलासमेत हो,’ उनले भने, ‘व्यवसायिक दृष्टिले समेत यस क्षेत्रको सम्भावना ठूलो छ।’

मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका तीन वटा दरबारलाई पुरानै शैली र स्वरूपमा पुनः निर्माण गर्न सफल भएको जानकारी दिए  । साथै, कला, सभ्यता र संस्कृति जोगाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ३४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल