काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे « Khabarhub

काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो : संस्कृतिमन्त्री पाण्डे


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताएका छन्  ।

शुक्रबार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्त्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताएका हुन् ।

‘काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,’ मन्त्री पाण्डेले भने, ‘यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित राख्नुभएको छ। दिगो विकासका लागि हस्तकलाले अतुलनीय योगदान दिएको छ।’

हस्तकला निर्माणका लागि साधना र धैर्यता आवश्यक हुने उल्लेख गर्दै मन्त्री पाण्डेले यस कार्यका लागि मानसिक तयारी समेत जरुरी हुने बताए । ‘हस्तकला केवल शारीरिक श्रम होइन, मानसिक कलासमेत हो,’ उनले भने, ‘व्यवसायिक दृष्टिले समेत यस क्षेत्रको सम्भावना ठूलो छ।’

मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका तीन वटा दरबारलाई पुरानै शैली र स्वरूपमा पुनः निर्माण गर्न सफल भएको जानकारी दिए  । साथै, कला, सभ्यता र संस्कृति जोगाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ३४ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि