कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ | Khabarhub Khabarhub

कृषिमन्त्रीको जवाफ- सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छ


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोधेको मौखिक प्रश्नको जवाफ दिँदै उनले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अवलम्बन गरिएको बताए ।
 
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उनको भनाइ थियो । 
 
‘भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ’, उनले भने ।
 
मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पारे ।

उनले भने, ‘मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।’

यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गरे ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ४ : ४३ बजे

गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ ।

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं- उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खोटाङ– यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

काठमाडौं- कक्षा १२ को ग्रेड वृद्धि परक्षा आगामी भदौ २८