कालीमाटीबाट मान्छे हानेर भागेको राँगो न्यूरोडमा गोली हानी मारियो « Khabarhub

कालीमाटीबाट मान्छे हानेर भागेको राँगो न्यूरोडमा गोली हानी मारियो


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई  प्रहरी गोली प्रहार गरी मारेको छ ।

मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो।

मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर गई चार जनालाई हानेर घाइते बनाएको थियो ।

मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले न्यूरोडको खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए ।

घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।

काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर एउटा राँगोलाई मारेको थियो ।

यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : १३ बजे

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा

यस्तो देखियो प्रतिनिधि सभाका सांसदहरूको शपथ (तस्बिरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो

शपथ लिनेबित्तिक्कै आफैं गाडी हाँकेर संसद्‍बाट बाहिरिए बालेन्द्र

काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

रवि-बालेन एकसाथ देखिँदा प्रचण्ड-बादल पनि सँगै भेटिए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता