पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : विपुल पोख्रेल « Khabarhub

पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : विपुल पोख्रेल


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरूको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् । 

‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानुन कुनै पनि कुराहरू पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन्’ पोख्रेलले भने, ‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरूले प्रश्न उठाउने ठाउँ नदिने कुरा मात्र हाम्रो सुरक्षाको हतियार हो ।’ 

हाल पत्रकारिता क्षेत्रमाथी विभिन्न निकाय, शक्ति केन्द्र, नेतृत्वले प्रहार गरिरहेको सन्दर्भलाई लक्षित गर्दै पोख्रेलले चिन्ता व्यक्त गरे । ‘को रहेछ त हाम्रा लागि ?’ यो प्रश्न गर्दै उनले भने, ‘हामीबीचको एकता, हाम्रो मर्यादाप्रतिको सजगता तथा सामाजिक उत्तरदायित्वप्रतिको संकल्प नै हामीलाई अगाडी बढाउन प्रेरित गर्ने कुराहरू रहेछन् ।’
 
नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको विकास पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट च्यूत नहुन पत्रकारहरूलाई अपिल समेत गरे । 

‘हामीमाथि प्रहारका शृङ्खला निरन्तर छन्, तर पनि हामी दायित्वबाट भाग्न हुँदैन’ पोख्रेलले भने, ‘निर्भीक पत्रकारिता मार्फत सत्यको अन्वेषण गर्ने दक्षताले नै समाज रूपान्तरणमा योगदान पुग्छ ।’ समाजलाई पारदर्शी र जबाफदेही बनाउने अभियानले नै प्रेसप्रति आक्रमण गर्नेहरूलाई निरुत्साहित गर्ने उनको तर्क थियो । 

समाजमा गलत तथ्यांक प्रस्तुत गर्दै गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहेको प्रति पत्रकारिता क्षेत्र गम्भिर हुनुपर्नेमा पोख्रेलको जोड थियो । ‘केही पनि भएको छैन’ भन्ने भाष्यलाई तथ्य तथ्यांकको अनुसन्धान गरी यथार्थको चित्रणमार्फत निरुत्साहित गर्न सकिने उनको तर्क थियो । 

‘केही पनि भएको छैन भन्ने भाष्यको आधारमा सम्भावना र उपलब्धिमाथि नजरअन्दाज गर्ने काम भइरहेको छ’ उनले भने, ‘यस्ता भाष्यलाई गलत साबित गर्दै नयाँ आशा र उत्साहको वातावरण सिर्जना गर्ने सामर्थ्य पत्रकारिताले मात्र राख्न सक्छ ।’ यसका लागि विकास पत्रकारिता अपरिहार्य रहेको उनको भनाई छ । 

युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपालको अध्यक्षतामा भएको सो तालिममा ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : २७ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर