टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक « Khabarhub

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल रोमाञ्चक मोडमा पुगेको छ।

अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटको विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिका फेरि एक पटक उपाधिको नजिक पुगेको छ।

लण्डनमा जारी खेलमा २८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदा २ विकेटको क्षतिमा २१३ रन जोडेको छ। जितका लागि थप ६९ रन आवश्यक रहेको समयमा ८ विकेट बाँकी छ।

दक्षिण अफ्रिकालाई प्रतियोगितामा फर्काउनका लागि आइडन म्याक्रम र कप्तान तेम्भा बभुमाले तेस्रो विकेटका लागि ३८ ओभरमा १४३ रनको साझेदारी गरे। म्याक्रमले १५६ बलमा शतक पुरा गरेका छन्।

चौथो दिन म्याक्रमले १०२ तथा बभुभाले ६५ रनबाट खेल्न सुरु गरेका छन्। यसअघि ६ रनमा नै हुँदा घाइते भएका बभुमा रिटायर्ड हर्डको नजिक पुगे पनि उनले लामो समय उपचार गरेर खेलमा निरन्तरता दिएका थिए।
पहिलो पारीमा २१२ रन जोडेको अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १३८ रनमा सीमित गरेको थियो। जवाफमा अस्ट्रेलियाले २०७ रन बनाएको थियो।

१३४ रनमा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि मिचेल स्टार्कले अविजित रहँदै ५८ रन जोडे। एलेक्स क्यारीले ४३ रन जोडे। दक्षिण अफ्रिकाका कासिगो रबाडाले चार तथा लुङ्गी एनगिडीले तीन विकेट लिए।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : २२ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक