चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट हेम सहानी सम्मानित  « Khabarhub

चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट हेम सहानी सम्मानित 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

धनगढी– चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट बाजुराको कोल्टीका हेमबहादुर साहनी सम्मानित भएका छन् । जनप्रकाश मावि कोल्टीमा अध्ययनरत साहनीले सबैभन्दा उत्कृष्ट अंक ल्याएर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएबापत नगद पुरस्कारसहित सम्मान गरिएको हो । उनले गएको शैक्षिक सत्रमा जिल्लामै सबैभन्दा उत्कृष्ट नम्बर ल्याएका हुन् । 

छात्रवृत्ति नेकपा एमाले बाजुराले स्थापना गरेको हो । अनेरास्ववियुका नेता स्वर्गीय चेतनदीप ऐडीको स्मृतिमा हरेक वर्ष एक जनालाई जेहेन्दार छात्रवृत्ति दिने गरि नगद पुरस्कार राशीसहित छात्रवृत्ति स्थापना गरिएको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।

सहानीले नगद १० हजार छात्रवृत्ति पुरस्कार पाएका छन् । अनेरास्ववियुको २४ औं महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको पहिलो बैठकको अवसर पारी छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष ओलीले जानकारी दिए । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो । 

पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालसहित स्वयं पार्टी जिल्ला अध्यक्ष लालबहादुर ओली, अनेरास्ववियुका अध्यक्ष डाक्टर सुजन कडरियासहित सिङ्गो केन्द्रीय कमिटीको उपस्थितिका बीच छात्रवृत्ति हस्तान्तरणसहित सम्मान गरिएको एमाले बाजुरा जिल्ला कमिटी सदस्य गणेश थापाले जानकारी दिए । 

छात्रवृत्ति पाउने सहानी १२ को पढाइ सकाएर उच्च शिक्षाका लागि हाल काठमाडौं गएका छन् । नयाँ सन्देश पनि जाने चेतनदीपको सम्झना पनि हुने भएकोले बैठककै सन्दर्भ जुराएर प्रदान गरिएको हो, ओलीले भने– यसले पनि अखिलको केन्द्रीय कमिटीलाई केही गर्नमा रचनात्मक दबाब पुगोस् । 

अनेरास्ववियुका पूर्व नेता चेतनदीप ऐडी २०७९ को संघ र प्रदेश सभाको निर्वाचनको दिन मतदान स्थलमै भएको विवादपछि मारिएका हुन् । उनलाई घरमा लुकेर बसेको समयमा विभत्स हत्या गरिएको थियो । त्यो मुद्दा हाल अदालती प्रक्रियामा छन् । 

छात्रवृत्ति हस्तान्तरण गर्दै पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बाजुरा एमालेले राम्रो सुरुवात गरेको बताए । हाम्रो पार्टीको योद्धा, कुशल विद्यार्थी नेतालाई सदा सम्मान र सम्झनाका लागि छात्रवृत्ति पुरस्कार स्थापनाले सहयोग पुग्ने र उच्च शिक्षा आर्जन गर्ने जेहेन्दार विद्यार्थीका लागि पनि सहयोग पुग्ने विश्वास उनले गरे । 

अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले एउटै कमिटीमा काम गरेको स्मरण गर्दै अनेरास्ववियुले उनको विचारलाई सदा आत्मसाथ गर्ने बताए । छात्रवृत्ति पुरस्कारको घोषणा भने नेकपा एमाले बाजुरा जिल्ला प्रतिनिधि परिषदको जेष्ठ १ गते बसेको प्रथम बैठकबाट गरिएको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  १२ : ३५ बजे

आजको कार्टुन : रोलक्रमबाट खसेकी श्रीमान् !

काठमाडौं- संवैधानिक परिषदले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पछि पार्दै

अनि एकल लिडमा आँट गरेकी आँचल…

काठमाडौं- नायिका आँचल शर्मा अहिलेका सबैभन्दा बढी फिल्म दिने नायक

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका

बेलायती प्रधानमन्त्री स्टाररमाथि राजीनामाको दबाब

लन्डन – बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि राजीनामा दिन दबाब बढेको

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली