अमलाको जुस पिउनुका ५ फाइदा यी हुन् « Khabarhub

अमलाको जुस पिउनुका ५ फाइदा यी हुन्


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमला सवैलाई मनपर्ने फल हो । अमलामा औषधीय गुण हुन्छ भन्ने विषयमा पनि सबैलाई थाहा छ । आयुर्वेदमा अमलालाई उच्च कोटीमा राखेर यसबाट विभिन्न औषधीहरु निर्माण गरिन्छ ।

अमलासँग हामी सबै परिचित भए पनि यसलाई खाने तरिकाबारे सबैलाई थाहा नहुन सक्छ । अमलामा प्रशस्त मात्रामा भिटामित सी ,फाइबर र प्रोटिन पाइन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ ।

अमला यत्तिकै खानुभन्दा यसको जुस बनाएर खाँदा स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । अमलाको जुस पिउनुका पाँच फाइदा यस्ता छन्–

–अमलाको जुस पिउनले मुटुको समस्याबाट बचाउँछ । त्यसका साथै यसमा महँ मिसाएर पिउदा रक्तचापमा सन्तुलन भई रगतलाई समेत शुद्ध बनाउँछ ।

–नियमित रुपमा अमलाको जुस सेवन गर्नाले पाचन प्रणालीलाई मजुबत बनाएर राख्छ ।

-यदि अमलाको जुसमा महँ मिसाएर दैनिक रुपमा खाएमा अनुहारमा डण्डीफोर आउने समस्याबाट पनि मुक्ति पाइन्छ । साथै शरिरको मोटोपन पनि घटाउँछ ।

–यदि अमलाको जुसलाई केरासँग मिसाएर खाएमा महिलाहरुको महिनावारी गडबढी हुने समस्या पनि ठिक हुन्छ ।

–त्यस्तै अमलाको जुसमा बेसार र महँ मिसाएर खाएम मधुमेहको बिरामीको लागी अचुक औषधी हुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ०७ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका