ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन  « Khabarhub

ट्राफिक प्रहरी दोलखाद्वारा २ करोड ३३ लाख राजस्व संकलन 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले पछिल्लो दश महिनाको अवधिमा दुई करोड भन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आर्थिक वर्ष २०८०-०८१ को साउन देखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विभिन्न सवारी कारबाहीबाट दुई करोड ३३ लाख ८ हजार नौसय राजस्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार यो अवधिमा तिन हजार १५ वटा सवारीलाई कारबाही गरिएको थियो। जस अन्तर्गत ४ सय ७७ वटा ट्रक कारबाहीबाट ४ लाख १० हजार राजस्व संकलन भएको थियो।

त्यसैगरी ५ सय ७५ वटा बस कारबाहीबाट  ४ लाख ४८ हजार ५ सय, १ हजार १३ वटा जिपकार कारबाहीबाट ४ लाख ६७ हजार, १ सय ९ वटा ट्याक्टर कारबाहीबाट ८८ हजार पाँच सय राजस्व संकलन भएको प्रमुख भट्टराईले बताए।

त्यसैगरी ७ सय मोटरसाइकल कारबाहीबाट ८ लाख ६२ हजार ९ सय र १ सय २३ वटा अन्य सवारीसाधानबाट १ लाख ४ हजार राजस्व संकलन गरिएको बताए।

त्यसैगरी  कार्यालयले ई-चलान कारबाहीबाट पनि ६ लाख ९३ हजार पाँचसय राजस्व संकलन भएको जनाएको छ। कार्यालयको वार्षिक तथ्यांकअनुसार यो अवधिमा ३२ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने, ७३ जना घाइते भएको पनि उल्लेख गरेको छ। मृत्यु हुनेहरूमा पुरुष ३ जना, महिला ३ जना र बालक १ जना रहेको छ भने घाईते हुनेहरूमा ४४ जना पुरुष, १७ जना महिला, ९ जना बालिका र ३ जना बालक रहेको छ।

त्यसैगरी कार्यालयले दुर्घटना न्यूनीकरणको लागि जिल्लाभरमा ६ सय ८ पटक विभिन्न राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था तथा बजार क्षेत्रमा जनचेतना कार्यक्रम सञ्चालन गरेको समेत ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ७ : ४१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल