मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

मनाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- मनाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका-२, घ्यारुबाट सदरमुकाम चामे आउँदै गरेको ग १ ज ७२७८ नम्बरको जीप घ्यारुमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक मकवानपुरका बर्ष २२ का बिशाल तामाङको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मनाङका इन्स्पेकटर श्रवणकुमार बिकले बताए ।

बिहान साढे ९ बजेको समयमा जीप दुर्घटना भएको हो । जीपमा ५ जना यात्रु रहेको र उनीहरु गाडीबाट झरेपछि चालकले गाडी फर्काउदा दुर्घटना भएको बुझिएको छ ।

दुर्घट्नास्थल हुम्दे प्रहरी चौकीबाट १० किलोमिटर पर रहेकाले सो स्थानमा प्रहरी खटाईएको मनाङका प्रमुख जिल्ला अधिकरी पुष्पराज पौडेलले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५९ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका