काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।
सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ ।
सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७८१ कित्ता शेयर किनबेच हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबारमा २९ कम्पनीको मूल्य बढ्दा १९ वटा कम्पनीको मूल्य घटेको छ ।
प्रतिक्रिया