सदनलाई मर्यादित बनाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह « Khabarhub

सदनलाई मर्यादित बनाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सभामुख घिमिरेले आइतबार बिहान संसद भवन नयाँबानेश्वरस्थित कार्यकक्षमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सदनलाई मर्यादित बनाउन आग्रह गरे ।

उनले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल छिटोभन्दा छिटो सुरु गर्ने पर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरुप बदल्न भनेका थिए ।

अर्यालले भने आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे आइतबार बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई टेलिफोन संवादमार्फत संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।

सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ११ : ५३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा