गौरीशंकरको जुँगु क्षेत्रमा भालु आतंक बढ्दो : नियन्त्रणमा छैन कसैको चासो   « Khabarhub

गौरीशंकरको जुँगु क्षेत्रमा भालु आतंक बढ्दो : नियन्त्रणमा छैन कसैको चासो  


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको गौरीशंकर गाउँपालिकामा पछिल्ला दिनहरूमा भालु आतंक बढ्दै गएको छ । एक साताको अवधिमा दुई जना स्थानीयलाई भालुले आक्रमण गरेर घाइते बनाएको छ ।

गाउँपालिकाको वडा नम्बर १ जुँगुमा गत साता पनि भालुले आक्रमण गर्दा एक स्थानीय पुरुष गम्भीर घाइते भएका थिए । त्यसको एक साता पछि पुनः अर्का स्थानीय पनि भालुको आक्रमणबाट घाइते भएका छन् ।

४६ वर्षीय चेतबहादुर कार्कीलाई भालुले चिथरेर घाइते बनाएको वैतेश्वर अस्पतालका डा.समिर लामाले बताए । घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा कार्कीलाई भालुले आक्रमण गरेर घाइते बनाए पछि उनको उपचारको लागि वैतेश्वर अस्पताल ल्याइएको छ ।

कार्की स्थानीय बागेनाश सामुदायिक बनमा घाँस काट्न गएको समयमा भालुले आक्रमण गरेको बताए । उनको खुट्टा अनुहारमा भालुले चिथारेको डा.लामाले बताए।उनको अहिले उपचार भइरहेको छ ।

दुई साताको अवधिमा दुई जनालाई भालुले आक्रमण गर्दा समेत आतंक रोक्न कसैले चासो नदिएको स्थानीयले दुखेसो गरेका छन् ।

बिहान-बेलुका समयमा गाउँ नजिक बनजङ्गल घाँसदाउरा गर्न जानुपर्छ तर हिजोआज भालु आतंक बढिरहँदा नियन्त्रणमा कसैको धान न गएको स्थानीय सुजन बयलकोटीले बताए । 

गौरीशंकरको वडा नम्बर-१,२ र वैतेश्वरको वडा नम्बर-८ का स्थानीय भालुको आतंकमा रहेको उनले बताए । -सुबाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : १२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल