‘राजा चाहिँदैन’ भन्दै ट्रम्पविरुद्ध दशौँ लाख अमेरिकी सडकमा « Khabarhub

‘राजा चाहिँदैन’ भन्दै ट्रम्पविरुद्ध दशौँ लाख अमेरिकी सडकमा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विशाल प्रदर्शन भएको छ । अमेरिकाका विभिन्न शहरमा आयोजित प्रदर्शनमा दशौँ लाख सहभागी थिए ।

‘राजा चाहिँदैन’ भन्दै शनिबार अमेरिकाका न्यूयोर्क, वाशिङ्टन डीसी, फिलाडेल्फिया, सियाटल, मायमी, शिकागो, अस्टिन, डेनभर, एटलान्टा, पोर्टल्याण्ड साल्ट लेक सिटीजस्ता शहरमा विशाल प्रदर्शनको आयोजना गरिएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा विभिन्न शहरका सडकमा लाखौँ मानिसहरु उत्रिएको देखिन्छ ।

शनिबार आयोजित प्रदर्शन प्रायः शान्तिपूर्ण रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनकारीले अधिनायकवादको विरोधमा नाराबाजी गरेका थिए ।

समाचार संस्था एपीका अनुसार लस एन्जलस शहरमा प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए । त्यसबाहेक साल्ट लेक सिटीमा प्रदर्शनका क्रममा बन्दुकधारीले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् । संदिग्ध बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी, ओरेगन राज्यको पोर्टल्याण्ड शहरमा पनि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए ।

भर्जिनिया राज्यको कुलपेपर शहरमा आयोजित प्रदर्शनका क्रममा एक जना सवारी चालकले जथाभावी एसयूभी गाडी हुइक्याउँदा एक जना घाइते भएका छन् । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ११ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल