निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताएका छन् ।

आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले गरेको योगदानको प्रशंसा गरे । 

‘नेपाल र नेपालीको चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई  प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘आयोगलाई थप साधन स्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’

राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवापुस्तामा विश्वासको वातावरण सृजना गरी राष्ट्र सेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : २३ बजे

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३ गते मंगलबार। भाद्र