पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध  | Khabarhub Khabarhub

पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले पर्साको शुभलाभ फार्मालिंकद्धारा उत्पादित औषधि बेचबिखनमा प्रतिबन्ध लगाएको छ । 

बजार अनुगमनको क्रममा गुणस्तरहीन भेटिएपछि फार्मालिंकद्धारा उत्पादित ब्याच नम्बर एन १९२४०३ नम्बरको सेफिट्रक्जोन इन्जेक्शन न्यून गुणस्तरको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त औषधिको बेचबिखन रोक्का गरिएको विभागले जनाएको छ । 

उक्त औषधि बजारबाट तुरुन्त फिर्ता लगी सोको विवरण पेश गर्न पनि विभागले निर्देशन दिएको छ । साथै, उक्त औषधीको सिफारिस, बिक्री वितरण र प्रयोग नगर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४६ बजे

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर

सातवटै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाडौं– देशका सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक

सुरक्षित स्थानमा जान इजरायली नागरिकलाई इरानी सैन्य अधिकारीको चेतावनी

इरान – आफ्ना धेरै नागरिकले राजधानी तेहरान छाडेका दृश्य सार्वजनिक

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेहको परीक्षण

सिरहा– सिरहाको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप