निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु « Khabarhub

निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन शुरु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ । राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि शुरु गरेको जनाएको छ ।

राजदूतावासले हाल चलिरहेको इजरायल–इरान युद्धका क्रममा इजरायलका विभिन्न स्थानहरूमा ठूलो जनधनको क्षति पुगेको उल्लेख गरेको छ ।

यस्तो स्थितिमा इजरायलको होम फ्रन्ट कमाण्डले सर्वसाधारणका लागि लगातार जारी गरिरहेको अध्यावधिक निर्देशनहरुलाई पालन गर्न नेपालीलाई आग्रह गरेको छ । अहिलेको परिस्थितिमा इजरायलमा शैक्षिक संघ संस्था एवम् अत्यावश्यक बाहेकका कार्यालय बन्द छन् । अहिले सभा तथा भेला नगर्न निर्देशन जारी गरिएको छ ।

‘‘इजराइलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’’ राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : ११ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल