भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु « Khabarhub

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।

पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला संयोजक हरि पन्तले बताए ।

पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाले जग्गा पाउने प्रक्रियाका लागि यसअघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहीन तथा सुकुम्बासीको तथ्याङ्क सङ्कलन गरेका थिए ।

उनले सात सय ७२ जना भूमिहीनको तथ्याङ्कसहित अव्यवस्थित बसोबासको विवरण तयार गर्नुभएकामा पन्त नेतृत्वको समितिले सोही आधारमा काम अघि बढाएको हो ।

यसअघि निस्सा प्राप्त गरेकाको जग्गा नाप्न सुरु भएको भन्दै धुनीबेँसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामुखी गाउँपालिकामा प्रक्रियामा जानका लागि काम सुरु गरिएको आयोगका सदस्य रीता परियारले जानकारी दिए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : २८ बजे

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर