नयाँ नेतृत्वले श्रमिकको जीवन सुरक्षित बनाउन सक्नुपर्छ : मन्त्री विष्ट | Khabarhub Khabarhub

नयाँ नेतृत्वले श्रमिकको जीवन सुरक्षित बनाउन सक्नुपर्छ : मन्त्री विष्ट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

यस क्षेत्रको विकासमा सरकारसँग सहकार्य गर्न व्यवसायीलाई आग्रह गर्दै मन्त्री विष्टले भने, ‘श्रमिकको जीवनलाई मात्र सुरक्षित मर्यादित मात्र होइन, व्यवसायीको मान प्रतिष्ठालाई समेत समाजमा थप सुधार गर्ने तहमा भूमिका निर्वाह गर्न आगामी नेतृत्वले भूमिका खेल्न सकोस् ।’

वैदेसिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभामा बोल्दै मन्त्री विष्टले व्यवसायीको समस्या पनि सुनौला, आम जनताको समस्या पनि सरकारले सुन्नै पर्ने बताए ।  रोजगारीका खोजीमा लाखौँ युवा बाहिरिएका छन् ती युवाको जीवन सुरक्षित बनाउने काम सरकारले गर्नुपर्दछ ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिबद्धता गरेको सन्दर्भ पेश गर्दै उनले आप्रवासन क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यातिद बनाउन जरुरी रहेको बताए ।

व्यवसायीलाई दुःख दिने सरकारको नियत नरहेको प्रष्ट पार्दै उनले सरोकारवाला निकायको तर्फबाट कुनै कमजोरी भए तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १ : २६ बजे

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका

वडामै योजना सम्झौता : समय र खर्चको बचत

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि

च्याम्पियन्स ट्रफीः सधै विवादमा भारत भर्सेस पाकिस्तान

यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ।

माधवनारायणका व्रतालुले आज दोस्रो परदेश यात्रा गर्दै

काठमाडौं– काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायणको एक महिने कठोर व्रत गरिरहेका