सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको हो ।

उनीहरूले नियम विपरीत भत्ता वितरण एवम्‌ लिने खाने समेत गरेको भन्नेसमेत व्यहोराको उजुरी आयोगमा परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा नरैनापुरमा आर्थिक वर्ष २०५७/५८ देखि २०७२/७३ सम्म उमेर नपुगेका १९ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भेटिएको आयोगले जानकारी दिएको छ ।

ती व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार ७०० रुपैइँ हिनामिना गरेको आरोप उनीहरूविरुद्ध लागेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा गाविसका पूर्वअध्यक्ष श्रीवास्तवसहित साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका सचिव अशोक कुमार श्रीवास्तव, भत्ता बुझी लिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर र बारी खाँ गरी थप १द्द जनालाई प्रतिवादी बनाइएको छ ।

यसैगरी साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझी लिने मोति भुजुवा र सन्तराम बडहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा परेको छ ।

गैरकानूनी रूपमा सामाजिक सुरक्षा भत्ता बुझेका पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कुर्मीको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले आयोगले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुल उपर हुन मागदाबी लिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४० बजे

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश