आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै « Khabarhub

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर सोमबार एघारौँ चुरे संरक्षण दिवस मनाउँदै छ ।

समितिले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा नवलपरासीको कावासोतीमा मुख्य कार्यक्रमको आयोजना गरेको समितिको कार्यक्रम कार्यान्वयन इकाई चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिए ।

चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ समितिको स्थापना २०७१ साल असार २ गते भएको हो ।

स्थापना भएयता समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गरेको जनाएको छ ।

त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिको उपलब्धि विवरणमा उल्लेख गरेको छ ।

यसैगरी हालसम्म नदी/खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनर्निर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरिएको छ ।

त्यस्तै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झण्डै १५ अर्ब खर्च भइसकेको छ । समितिले आर्थिक वर्ष २०८०–८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ ।

समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा प्राप्त गर्ने छ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।

ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको छ ।

चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूबनोट, जनसङ्ख्या बसाइसराइ, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले पछिल्लो समय चुरे विनाश हुने क्रम बढ्दै गएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : ०२ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी