मासुको विज्ञापनमा गाईको तस्वीर राखेको प्रति सरकारले माग्यो माफी « Khabarhub

मासुको विज्ञापनमा गाईको तस्वीर राखेको प्रति सरकारले माग्यो माफी


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वच्छ मासु खान भनेर जारी गरिएको एउटा सन्देशमूलक विज्ञापन पोस्टरमा गाइको तस्वीर समावेश गरिएको विषयमा सरकारले क्षमा याचना गरेको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको पशु सेवा विभागले एक सूचनामार्फत छपाईको त्रुटीका कारण स्वच्छ मासुको प्रयोगबारे प्रचार गर्न बनाइएको विज्ञापन पोस्टरमा गाईको तस्वीर समावेश हुन गएको भन्दै माफी मागेको हो ।

विभागका महानिर्देशक डा. वंशी शर्माले सूचनामार्फत उक्त विज्ञापन सन्देशबारे क्षमा याचना गरेका छन् ।

पशु सेवा विभागअन्तर्गतको पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन ललितपरको बा २ झ ३८११ नम्बरको गाडी (मोबाइल भ्यान)मा टाँसिएको एउटा विज्ञापनको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

‘बधशालादेखि भान्सासम्म, स्वच्छ र स्वस्थ मासु’ लेखिएको उक्त विज्ञापन सन्देशमा गाईको फोटो समेत राखिएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त पोस्टरमा गाईको तस्वीर राख्ने र पोस्टर स्वीकृत गर्ने सबैलाई कारबाही हुनुपर्ने माग गरेका थिए ।
सामाजिक सञ्जाल प्रयोकर्ताहरुको भनाइ थियो, ‘यस्तो पोस्टरमा गाईको तस्वीर राख्दा सरकारले नै गाई काटेर मासु खानुहोस् भनेर प्रचार गरिरहेको जस्तो सन्देश गइरहेको छ ।’

पशु सेवा विभागका निर्देशक शर्माले जारी गरेको सूचनामा भने उक्त त्रुटी सच्याइएको जनाइएको छ ।


प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : ४० बजे

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद