झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेपनि नेप्से भने २.८० अंकले मात्रै बढेको हो ।

सोमबार नेप्सेमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैयाँको कारोबार हुँदा नेप्से २६५८.६६ अंकमा पुगेको छ । सोमबार नेप्सेमा शेयर कारोबार हुँदा १२४ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

आज नेप्से झिनो अंकले वृद्धि भएपनि वित्त, हाइड्रो, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र अन्य उपसमूहको सूचकांक घट्न पुगेको छ । तर, बैंकिङ विकास बैंकिङ, होटेल तथा टुरिजम, लाइफ इन्स्योरेन्स, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको सूचकांक भने बढेको छ ।

आजको शेयर कारोबारमा पियोर इनर्जी लिमिटेडका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने उपर हेवाखोला हाइड्रोपावरको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै